काठमाडौँ– नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि छलफलकाे लागि नेपालि काङग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।
बिहान १० बजेबाट कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हाे।। ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ काँग्रेस नेताहरु र कानुुन व्यवसायी छलफलमा जुटेका हुन्।
बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ।
कांग्रेस आकस्मिक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको महामन्त्री शसांक कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।
आजको बैठकले भ्रष्टाचार मुद्दामा मुछिएका गच्छदारका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने छ। तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पुर्याए। सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए। त्यही आधारमा टेकेर गच्छदारमाथि मुद्दा दायर भएको छ।
जग्गा काण्डमा मुछिएका पुर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल लगायतलाई मुद्दा दायर नगर्ने , जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने तर गच्छदारलाई मात्र दोषीका रुपमा मुद्दा दायर गरेको टिप्पणी कांग्रेसले गरेकाे छ।अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।