एजेन्सी–नोवेल कोरोना भाइरसबाट संक्रमित एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन्। उत्तरपूर्वी राय हेइलोङजियाङ प्रान्तको राजधानी हर्विन स्थित अस्पतालमा उनले स्वस्थ छोरीलाई जन्म दिएकी हुन्।
हर्विन म्युनिसिपल हेल्थ कमिसनका अनुसार नवजात शिशुको तौल ३.०५ किलो रहेको छ। लामो क्वारेन्टाइन र निगरानीपछि शिशुलाई जन्म दिइएको हो। आमा र बच्चा दुबैको अस्था स्थिर रहेको छ।
३८ वर्षीया गभर्वती महिलालाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। जनवरी ३० मा विज्ञ चिकित्सकहरुको सल्लाहपछि शल्यक्रिया गरिएको थियो।
उनको शल्यक्रियामा संलग्न चिकित्सकहरु यसअघि कुनै पनि शल्यक्रिया गरेका थिएनन्। उनीहरु अहिले आइसोलेसनमा राखिएका छन्।
नवजात शिशुमा दुई पटक कोरोना भाइरस नेगेटिभ देखिएको छ।