एजेन्सी – विश्वकै दोस्रो धनी बिल गेट्सकी छोरी जेनीफर गेट्सले इनगेजमेन्ट गरेकी छिन्। उनले आफ्नो इन्स्टाग्राममा तस्वीर शेयर गरेर आफ्नो प्रेमी नायेल नसारसँग इनगेजमेन्ट गरेकी बताएकी छिन्।
२३ वर्षिया जेनिफरलाई २८ वर्षिया नायेलले हिमपात भएको सुन्दर ठाँउमा लगेर हिराको औँठी दिएर विवहको प्रश्ताव राखेका थिए। उनीहरु एक अर्कालाई ४ वर्षदेखि चिन्छन्। नायेल नसारपनि धनी युवाहरुमध्ये एक हुन्। जेनिफर बिल र मेलिंडा गेट्सको जेठी छोरी हुन्।
जेनिफर र नायल दुबैले आफ्नो इन्स्टाग्राममा तस्वीरसँगै आफ्नो भावनाहरु पनि शेयर गरेका छन्।