एजेन्सी– युरोपेली युनियन (ईयू)बाट बेलायत अलग हुँदैछ। इयुमा संगठित भएको ४७ वर्षपछि बेलायत ईयूबाट अलग हुने भएको हो।
बेलायती संसदसँगै ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए पछि शुक्रबार राति ११ बजे बेलायत बाहीरिने भएको हो।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन्। ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन्।