एजेन्सी, २४ माघ – भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहसका लागि तयार रहन आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा गर्ने तर काम नगर्ने आरोप लगाउँदै अध्यक्ष गान्धीले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहस गर्न आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै आउँदो लोकसभाको निर्वाचनमा कांग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कांग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताए। गान्धीले चुनौति दिँदै भने, ‘यदि कसैले नरेन्द्र मोदीलाई मसँग दश मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन।”
राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले थपे, ‘मैले भनिरहेको छु, उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु।’ भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्दै गएको छ।