मकवानपुर– प्रहरीले कारको टायरमा गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। बुधबार बिहान ११ बजेतिर हेटौंडा–११ मा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारलाई रोक्न खोज्दा भागेपछि गोली चलाइएको हो। मनहरीबाट हेटौंडा जाँदै गरेको कार भैवडाँडातिर भाग्न खोज्दा दुई राउन्ड गोली चलाइएको राठौरले जनाए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन्। पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन्। त्यस कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।