एजेन्सी– कतारका राजाले मंगलवार नयाँ प्रधानमन्त्री नियुक्त गरेको देशको सरकारी समाचार संस्थाले खबर दिएको छ।
नयाँ प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल–थानीले शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल–थानीको स्थान लिएका हुन्।
नवनियुक्त प्रधानमन्त्री यसअघि कतारी राजा अमिर शेख तमिम बिन हमाद अल–थानीको कार्यालयका प्रमुख थिए।उनले गृहमन्त्रीको पनि पदभार सम्हाल्नेछन्। अन्य मन्त्रीहरू यथावत छन्।
नयाँ प्रधानमन्त्रीले पेट्रोल उद्योगमा काम गरिसकेका छन् र उनले अमेरिकामा शिक्षा हासिल गरेका हुन्। शेख तमिम युवराज हुँदादेखि नै शेख खालिदले उनका लागि काम गर्न थालिसकेका थिए