एजेन्सी– चीनमा कोरोना भाइरसले ४७ जना सङ्क्रमित भएका छन्। एक दर्जन देशमा यो सङ्क्रमण फैलिएको छ। यो सङ्क्रमणबाट मारिनेको सङ्ख्या ८२ पुगेको छ।
क्यानडामा पछिल्लोपटक यसको सङ्क्रमण फेला परेको छ। चीनभन्दा बाहिर भाइरसको सङ्क्रमणबाट मृत्यु भने भएको छैन।
सङ्क्रमणका देशहरुः
१. घटनाः नेपाल, क्यानडा, क्याम्बोडिया, श्रीलङ्का र जर्मनी
२. घटनाः भियतनाम
३. घटनाः फ्रान्स र जापान
४. घटनाः ताइवान, मलेसिया र दक्षिण कोरिया
५. घटनाः अमेरिका, अस्ट्रेलिया र सिङ्गापुर
६. घटनाः थाइल्यान्ड
सोमबार चीनको राजधानी बेइजिङ्मा पचास वर्षीय पुरुषको भाइरस सङ्क्रमणका कारण ज्यान गएको छ। भाइरसको सङ्क्रमणमा राजधानीमा ज्यान गएको यो पहिलो घटना हो। सङ्क्रमणको केन्द्रमा वुहान शहर रहेको हुबेइ प्रान्तमा ७६ जनाको ज्यान गइसकेको छ।
चीनका अन्य भागमा छ जनाको ज्यान गएको हो।शहरमा आवतजावत कडाइपूर्वक नियन्त्रण गरिएको छ। एक करोड दश लाख जनसङ्ख्या भएको वुहानमा यातायात आवागमनमा निकै कडाइ गरिएको छ। गाडीहरूलाई सडकमा निषेध गरिएको छ। सरकारका अनुसार चार दिनमा वुहानबाट कोही पनि चीन बाहिर गएको छैन।
वुहानका बासिन्दाहरु करिब ४,०९६देश बाहिर छन्। नयाँ वर्षको उत्सवका निम्ति पचास लाख बासिन्दा अन्य भागमा घुम्न गएका थिए। चीनका शाङ्घाइ शहरमा फेब्रुअरी १० तारिखसम्म बिदा भनिएको छ। मानिसहरू काममा नआउन व्यावसायिक निकायलाई भनिएको छ। सरकारी सेवा संस्था तथा औषधि र उपचारसम्बन्धी संस्था सुपरमार्केटहरूमा भने लागु नहुने बताइएको छ।