काठमाडौं– सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादीहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा लामा, प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्। सभामुखले राष्ट्रपति सँग पद तथा गोपनीयताको सपथ लिएका बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए।
महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदील भने आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया सहित १२ जानालाई पक्राउ गरिएको हो। निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।