एजेन्सी, २४ माघ – भारतमा सरकारी सुरक्षा बल र माओवादीबीच भएको दोहोरो भिडन्तमा परी दशजना भन्दा बढी माओवादी लडाकु मारिएका छन्।
मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारवाहीको क्रममा उक्त भिडन्त भएको हो।
झडपको क्रममा १० ओटा शव र दश ओटा राइफल फेला परेको बताइएको छ। त्यहाँ अझै पनि सुरक्षा कारवाही जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।