एजेन्सी– इरानले गरेको आक्रमणमा ३५ अमेरिकी सैनिकको टाउकोमा चोट लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दाबी गरेको छ। जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए।
एक प्रवत्ताका अनुसार १७ अमेरिकी सैनिक जवानलाई स्वास्य निगरानीमा राखिएको छ। इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो।
ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए। तथापि अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए।