वीरगंज _ नेपाल प्रहरीको असई बनाईदिनको लागि रु ७ लाख घुस लिएको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा पूर्पक्षका लागि कारागार चालन भएका छन्। पर्सा जिल्ला अदालतको इजलाश नं. ३ का न्याधिश कृष्ण प्रसाद सुवेदीको आदेश अनुसार बैठा कारागार चलान भएका हुन्।
अदालतको ३ नं. इजलाशको न्याधिशको आदेश अनुसार उनलाई पूर्पक्षको लागि वीरगंज कारागारमा राखेर कारवाही अगाडी बढाउन आदेश भएको बताइएको छ। २ महिना देखी फरार बैठा सोमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यही दिन पर्सा जिल्ला अदालतमा बैठालाई पर्सा प्रहरीले उपस्थित गराउदै ५ दिनको लागि म्याद थप समेत गराएको थियो।
२०७२ साल मै रौतहटको मौलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएको आरोपमा २ महिना पहिला नै मुद्दा दर्ता भएको थियो।
पिडित साहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिए पछि प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए। जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भइसकेका छन्। जुन मुद्दाका प्रमुख नायिके मानिएका बैठा त्यस पछि फरार थिए भने हिजो एकासी आफै प्रहरी कार्यालयमा हाजिर भएका थिए।