एजेन्सी– विश्वमा सबैभन्दा बढी प्लाष्टिक प्रयोग गर्ने मुलुकका रुपमा रहेको चीनले देशमा प्लाष्टिक माथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। नसड्ने खालका प्लाष्टिकका ब्यागहरु सन् २०२०को अन्तिम सम्ममा मुख्य शहरमा र २०२२ सम्ममा अन्य सबै शहरमा त्यसलाई प्रतिबन्ध लगाइने भएको छ।
रेस्टुरेन्टमा पनि सिंगल युज स्ट्रलाई सन् २०२० सम्ममा बन्द गरिने भएको छ। चीनले लामो समयदेखि देशका १ दशमलब ४ बिलियन मानिसले फालेको फोहोरलाई व्यवस्थित गर्नका लागि संघर्ष गर्दै आइरहेको छ।
चीनको सबैभन्दा ठूलो फोहोरको डम्पिङ्ग साइट जसको आकार १०० फुटबल फिल्ड जत्तिकै रहेको छ त्यो पूर्वनिर्धारित समय भन्दा २५ वर्ष अघि नै भरिइसकेको छ। बीबीसी