काठमाडौं– काठमाडौं महानगरपालिका– ३२ जडीबुडीस्थितबाट हरिणको सिंङ जस्तो देखिने बस्तु सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने रामेछाप खाडादेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय आयुष राना मगर रहेका छन्।
उनलाई कोटेश्वरबाट प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त बस्तु फेला पारेको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।