कन्चनपुर– कञ्चनपुरमा महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई जना महिलामाथि कुटपिट भएको छ।
बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिडेको भन्दै कुटपिट गरेको पीडितले जनाएका छन्। पीडित खड्का परिवारले महिनावारी भएका् बेला आफ्नो घरको बाटो हिँडेर भैंसीले दुध दिन छाडेको आरोपमा कुटपिट गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षाक नरेन्द्र चन्दका अनुसार कुटपिट गर्नेलाई नियनत्रणमा लिइ अनुसन्धान थालिएको छ भने बिरामी दुवै जनाको उपचार सेती अन्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्ला अस्पतालले रिफर गरेपछि सेती अन्चल असपतालमा उपचारको लागि लगिएको हो।
घटनाको बारेमा अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाइरहदा घटनाको चौतर्फि बिरोध भइरहेको छ। स्थानीय र महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारबाहीको माग अघि सारेका छन्।