एजेन्सी– अमेरिकाको उताह राज्यमा गोली प्रहार गरी ४ जनाको हत्या गरिएको छ।
प्रहरीका अनुसार शुक्रबार राति उताहको ग्रान्ट्सभिस्थित एक बस्तीमा भएको बन्दुक हमलामा ४ जनाको मृत्यु भएको हो। गोली लागी एक जना घाइते भएको समेत अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएकाे छ।
बन्दुक हमलामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। त्यस्तै बन्दुक हमला १ जनाले मात्रै गरेको र उक्त क्षेत्रमा थप खतरा नरहेको प्रहरीले जनाएको छ।