एजेन्सी– अष्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले पर्थ स्कोर्चर्सलाई १ सय ४२ रनको विजयी लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको मेलबर्न निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको हो। उसको लागि हिल्टन कार्टराइटले नटआउट ५८ रन बनाए। त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५ तथा निक लार्किनले २४ रनको योगदान दिए।
पर्थको बलिङमा म्याथेउ केलीले सर्वाधिक ३ विकेट लिँदा रिकार्डसनले र फवाद अहमेदले समान एक एक विकेट लिए।