काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) बाट सातौं चरणका खेल सुरु हुँदैछ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन एक मात्र खेल रहेको छ।
पहिलो दिन लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ। दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ। शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व जीत हासिल गर्न कोसिस गर्ने छ।
लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ। उसले ४ जित र २ बराबरी खेलेको छ । शेर्पा ४ बराबरी र २ हारसहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ।