एजेन्सी– सन् २०२० को लागि भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले भारतको सिनियर टोलीको २७ खेलाडीको सुचि सार्वजनिक गरेको छ। उक्त सुचिमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई भने समावेश गरिएको छैन।
व्यक्तिगत कारण देखाउँदै भारतीय टोलीबाट बाहिर रहेका धोनीले पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप खेलेका थिए। बिहीबार सार्वजनिक भएको सुचिमा धोनी सिनियर खेलाडीले पाउने सम्झौता सुचिमा नअटाएसँगै उनको भविष्यबारे फरक खालको चर्चा शुरु भएको छ।
अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि घोषणा गरेको सुचिमा खेलाडीलाई ४ श्रेणीमा विभाजन गरिएको छ। एं श्रेणीमा पर्ने खेलाडीले ७ करोड, ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीकाले ३ करोड र सी श्रेणीका खेलाडीले १ करोड रुपैयाँ प्राप्त गर्नेछन्।