एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि प्रधानमन्त्रीमा उनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नियुक्त गरेका हुन्।
भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका थिए। पुटिनको आग्रहलाई स्विकार गरेपछि मिखाइललाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन्।
राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थामा सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन्। उनले पुटिनको प्रस्तावले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए।