भक्तपुर– बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिइएको छ। जिल्ला अदालत भक्तपुरले मानहानीको मुद्दामा उनलाई पक्राउ गर्न अनुमति दिएको हो।
प्रसाईँल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए। त्यसपछि गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए।
पक्राउ गर्ने अनुमति पाएसँगै प्रहरी प्रसाईँ निवास पुगेको थियो। तर प्रसाईँ भने फरार भइसकेको कारण पक्राउ परेका छैनन्। उनको खोजि भइरहेकाे प्रहरीले जनाएको छ।