एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टाे भाल्भर्डेलाई बर्खास्त गरी क्विक सेटिनलाई नयाँ प्रशिक्षकमा नियुक्ति गरीसकेको छ।
क्लबबाट भाल्भर्डे विदाई भएपछि बार्सिलोनाका कप्तान तथा अर्जेटिनाका स्टार लियोनल मेस्सीले विदाई सन्देश लेखेका छन्। मेस्सीले इन्स्टाग्राममार्फत् भाल्भर्डेको प्रशंसा गरेका छन्। उनले सबै कुराको लागि धन्यवाद दिँदै भाल्भर्डेको आगामि यात्राको लागि शुभकामना दिएका हुन्।
मेस्सीले भाल्भर्डे उच्च व्यक्तित्व भएको प्रशिक्षक भन्दै उनको लागि सबै कुरा राम्रो हुने जनाएका छन्। भाल्भर्डेले बार्सिलोनामा साढे २ वर्ष बिताएका थिए। हालै सम्पन्न सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग हारेसँगै बार्सिलाेनाले भाल्भर्डेलाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे।