काठमाडाैं– विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले उल्लेख्य सुधार गरेका छन्।अघिल्लो साता १४ औं स्थानमा रहेको उनी नयाँ वरीयतामा ३ स्थान माथि उक्लँदै ११ औं स्थानमा पुगेका छन्।
यसैसाता काठमाडौंमा सम्पन्न प्रेसिडन्ट कप इन्टरनेसनल सिरिज यू–१९ को फाइनलमा पुगेका प्रिन्सको वरीयतामा सुधार भएको हो। प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो। वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन्।
त्यस्तै चीनका लिउ लियाङ दोस्रो तथा भारतका लुवाङ तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन्।