एजेन्सी– अमेरिका र चीनबीचको व्यापार युद्ध झनै चर्किएको छ। इरानको युद्ध गर्ने धम्कीबाट केही पछि हटेको अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय पनि फिर्ता लिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिको चुनावमा लड्ने बताइरहँदा अमेरिकाले अप्रत्याशित निर्णयहरु गर्दै आएको छ। उक्त क्रममा इरानको चेतावनीलाई उनले सामान्य रुपमा लिएर शान्तिवार्ताका लागि आव्हान गरेका थिए। अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र भनी लगाएको आरोप फिर्ता लिएको छ।
अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ।
चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनु अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो।
गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।