वीरगन्ज– गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिपी प्रथम प्रदेश स्तरीय गोल्ड कपकाे आयाेजना गर्ने भएकाे छ। उक्त गाेल्ड कप माघ १८ गतेदेखि वीरगञ्जमा शुरू हुनेछ।
प्रदेश स्तरीय हुने गोल्डकप सञ्चालनकाे गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको छ। फाउण्डेशनका सदस्य धिरज कुमार गुप्ताका अनुसार जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जिपी प्रथम गोल्ड कपका लागि विभिन्न उप समितिहरुको गठन गरेकाे हाे।
फाउण्डेशनले ५० सदस्यीय मुल समितिसमेत चयन गरेको छ। मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले भने ९ उप समितिले सम्पूर्ण गतिविधि तथा व्यवस्थापन मिलाउने निर्णय भएकाे बताएका छन्।