एजेन्सी– वान डे सिरीजअन्तर्गको पहिलो खेलमा भारत र अष्ट्रेलिया भिड्दैछन्। ३ खेलको सिरीजअन्तर्गतकाे पहिलो खेल मंगलबार दिउँसो १ः४५ बजे मुम्बइमा शुरु हुनेछ।
पहिलो वान डे खेलमा जित निकाल्दै दुबै टोली सिरीजमा शुखद् शुरुवात गर्ने दाउमा छन्। यो भारतको वर्ष २०२० को पहिलो वान डे सिरीज हो।
अघिल्लो वर्ष अष्ट्रेलियासँगको वान डे सिरीजमा पराजित भारत सिरीज आफ्नो पक्षमा पारी उक्त हारको बदला लिने सोचका साथ मैदान उत्रने तयारीमा छ। उसो त उच्च लयमा रहेको अष्ट्रेलिया पनि सिरीजमा पुनः आफ्नो दबदबा कायम गर्ने दाउमा रहेको छ।