एजेन्सी– अष्ट्रेलियामा आगलागीबाट प्रभावित जीवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ। अष्ट्रेलियामा लागेको आगलागीका कारण करोडौं पशुपंक्षी प्रभावित बनेका छन् भने लाखौं जीवजन्तुको ज्यान समेत गएको छ।
न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले पशुपंक्षीलाई गाजरलगायत फलफूल तथा खाद्यान्न वितरण गरेका हुन्। हेलिकप्टरमार्फत सफलतापूर्वक तरकारी र फलफूल वितरण गरिएको त्यहाँकाे सरकारले जनाएको छ।