एजेन्सी– गोली काण्डमा संलग्न रहेकाे जनाउँदै अमेरिकाले साउदी सेनाका २१ जनालाई देश निकाला गरेकाे छ। तालिमका लागि अमेरिका पुगेका उनीहरू गत महिना भएकाे एयर बेसको गोली काण्डमा संलग्न रहेकाे अमेरिकाले जनाएकाे छ।
अमेरिकी महान्यायाधिवक्ता विलियम बारले साउदी सेनाको क्याडेटसँग जिहादी सामग्री र बच्चाको अभद्र खालको तस्विरपनि फेला परेको जनाएका छन्। साउदीको संलग्नतामा ६ डिसेम्बरमा अमेरिकामा भएको घटनामा ३ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।
सो आक्रमणपछि साउदी क्याडेटको तालिम अमेरिकाले होल्डमा राख्दै आएको थियो।