एजेन्सी, २३ माघ – केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण अष्ट्रेलियामा भीषण बाढी आएको छ। बाढीले मंलबार मात्र दुई जनाको ज्यान गएको बताइएको छ।
उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन्। उक्त क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ।उनीहरु बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वञ्चित हुन पुगेका छन्।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन्। उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन्।
बाढीले अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ। उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जानकारी दिएका छन्। (रासस)