काठमाडौं – मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जना पक्राउ परेका छन्।
प्रहरीको अनुसार पक्राउ पर्नेमा भारतको ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस २ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल ६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन्।
आइतबार काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको जीप मनहरी गाउँपालिका–७ मनहरीमा चेकजाँच गर्ने क्रममा उक्त सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।
प्रहरीले उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।