अफगानिस्तान — अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले जानकारी दिएको छ।
आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका छन्।
हालका केही महिनायता १३ सय भन्दा बढी आइएस लडाकू समूहले हातहतियारसहित कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ। सिन्ह्वा