एजेन्सी – श्रीलंकामा गएको वर्ष ठूलो संख्यामा हात्ती मरेका छन् । सन् २०१९ मा श्रीलंकामा ३ सय ६१ हात्तीको मरेकाे तावरण संरक्षणकर्मीले बताएका छन्।
श्रीलंका सन् १९४८ मा स्वतन्त्र बनेयता अहिलेसम्मकै धेरै हात्ती मरेका हुन्। अधिकांश हात्ती मानिसले नै मारेकाे हुनसक्ने बताइएकाे छ।
श्रीलंकामा झण्डै ७५ सय हात्ती रहेका छन्। हात्तीको हत्या गैरकानूनी हो, तर स्थानीय समुदाय र जनावरबिच तीव्र तनाव रहँदै आएको छ। श्रीलंकामा हात्तीकाे संरक्षण राम्राेसँग भएकाे पाइदैन