एजेन्सी– फिलिपिन्समा ठूलो ज्वालामुखीको खतरा देखिएपछि ८ हजार मानिसलाई ताल ज्वालामुखीको आसपासबाट अन्यत्र सारिएको छ।
सो क्षेत्र मनिलाको दक्षिणी भागमा पर्दछ। त्यहाँबाट खरानी माथि उठेको अधिकारीहरुले बताएका छन्। त्यसको आसपासमा अर्कै खालको आवाज पनि आइरहेको छ।यो क्रम आइतबारबाट शुरु भएको हो। ताल ज्वालामुखी फिलिपिन्सको दोस्रो ठूलो सक्रिय ज्वालामुखी हो।
अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । एक हप्ता भित्रैमा खतराको अवस्था आउन सक्ने उनीहरुले अनुमान गरेका छन्।सो सम्बन्धी मामिला हेर्ने अधिकारीहरुले पनि ज्वालामुखीजन्य सुनामीको खतरा औंल्याएका छन्।
ज्वालामुखीजन्य खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय बिमानस्थलपनि बन्द गरिएको छ। स्थानीय बासिन्दालाई मास्क लगाउन भनिएको छ। बीबीसी