काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदार मानिएको रुस्लान थ्री स्टार क्लबमाथि फ्रेन्ड्स क्लबले जित निकालेको छ। आइतबार भएको लिगको छौटौं खेलमा फ्रेन्ड्सले र थ्री स्टारलाई १–० गोलले हराएको हो।
फ्रेन्ड्सको लागि ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोल नहुँदा उक्त गोल नै फ्रेन्ड्सको जितमा पर्याप्त बन्यो।
लिगमा फ्रेन्ड्सले पहिलो जित निकाल्दा थ्री स्टारले दोस्रो हार बेहोरेको हो। थ्री स्टारले ६ खेलबाट १० अंक जोडेको छ। मछिन्द्र ६ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा रहँदा १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा छन्।