एजेन्सी, २२ माघ – क्युबाको राजधानी हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
गम्भीर घाइते १३ मध्ये दुई जनाको मृत्यु भएपछि सो सङ्ख्या छ पुगेको स्वास्थ्यमन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताएका छन्। यसअघि आँधीका कारण चार जनाकाे मृत्यु भइसकेको छ।
उक्त आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे, पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारिखबाट नै प्रभावित भएका थिए। (रासस)