पाँचथर– पाँचथरमा एक किशोरी बलकृत भएकी छिन्। गत पुस १९ गते पाँचथरको मिक्लाजुङ गाउँपालिकामा घरमै ओछ्यानमा सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्।
करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई पक्राउ गरीएको हो। किशोरीले भनिन् म ‘भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे।’
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले पुस २१ गते गहतराजलाई पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको बताए। किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन्।