एजेन्सी– गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका सीईओ मार्क जुकरबर्गबीच भेटवार्ता भएको थियो। उनीहरुले एकसाथ डिनर पनि गरेका थिए।
उनीहरुबिच भएको डिनर मिटिङ बारे खबर सार्वजनिक भएपनि भेटवार्तामा दुई जनाबीच के कुराकानी भयो ? र, भेटवार्ताको उद्देश्य के थियो ? भन्ने बारेमा भने केही पनि सार्वजनिक गरिएको थिएन।
हाल ट्रम्पले जुकरबर्गसँगको भेटवार्तामा भएको कुराकानी बारेमा एक गज्जबको खुलासा गरेका छन्। जुकरबर्गले भेटवार्तामा कुराकानी गर्दै ‘तपाईं नम्बर वान’ भनेर आफूलाई बधाई दिएको ट्रम्पले खुलासा गरेका छन्। एउटा रेडियो अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन्, ‘तपाईं फेसबुकमा नम्बर वान हुनुभएकोमा बधाई दिन चाहन्छु भनेर जुकरबर्गले मलाई बधाई दिए।
तर जुकरबर्गले ट्रम्पलाई फेसबुकमा नम्बर वान किन भने भन्ने कुराको अझै प्रष्ट भएको छैन्। ट्रम्पको आधिकारिक फेसबुक पेजमा यो समाचार तयार पार्दासम्म २ करोड ६७ लाख फलोअर्स छन् भने २ करोड ५२ लाखले लाइक गरेका छन्।
जबकी फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको फेसबुक पेजमा सबैभन्दा बढी अर्थात् १२ करोड ३० लाख फलोअर्स छन् भने १२ करोड २२ लाखले लाइक गरेका छन्। यस आधारमा फेसबुकमा सर्वा्धिक लोकप्रियताको सूचीमा नम्बर वान व्यक्ति ट्रम्प नभई रोनाल्डो हुन्।
नम्बर वान त कहाँ हो कहाँ तथ्यांकलाई आधार मान्दा ट्रम्पको फेसबुक पेज लोकप्रियताको टप ट्वान्टीभित्र पनि पर्दैन।