एजेन्सी– बिग बास लिग (बीबीएल) क्रिकेट टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि पीडितलाई सहयोग गर्न नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिसर्ट अक्सनमा राखेको छ।
अष्ट्रेलियामा जारी बिग बास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टासले सिड्नी थन्डरविरुद्ध खेलेको थियो।
थन्डरविरुद्धको खेलमा मैदान उत्रिएका खेलाडीहरुको टि–शर्ट च्यारिटि अक्सनमा राखिएको स्टार्सले जनाएको छ। अक्सनमा राखिएको टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन्। त्यस्तै टिमका सबै सदस्यले हस्ताक्षर गरेको टिसर्टपनि अक्सनमा राख्ने मेलबर्न स्टार्सले जनाएको छ।
यो समाचार तयार पार्दा सम्म सन्दीपको टिसर्टमा २२ जनाले खरिद गर्न इच्छा देखाइसकेका छन्। बोलकबोलका क्रममा टिसर्टको मुल्य ७ सय १० डलर पुगेको छ भने जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन्।
त्यस्तै, सन्दीप लामिछानेले जनवरी ८ मा सिड्नी थन्डरविरुद्ध मैदानमा उत्रिने क्रममा आफ्नो जुत्ताको एकातिर ‘भिजिट नेपाल २०२०’ लेखेर नेपालको प्रचार गरेका थिए।
‘बुसफायर हिरोज’ अर्को्तिर लेखेर अष्ट्रेलियामा जारी आगलागि पीडित प्रति सहानुभुति प्रकट गरेका छन्।