एजेन्सी, २१ माघ – धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको विमान दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ।
विमानस्थलमा वर्षाको कारण जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिने क्रममा सँगैको घरमा ठोक्किएर घाइते भएको हो।
दुर्घटनापश्चात एकघरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको दुर्घटनापछि गरिएको पत्रकार सम्मेलनमा बताएइको छ। मृतकमध्ये विमान चालकसहित तीनजना पुरूष र दुई महिला रहेका पुष्टि भएको भए पवनि थप परिचय भने तत्काल सार्वजनिक गरिएको छैन।
सेस्ना ४१४ ए नम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए।
प्रत्यक्षदर्शीहरुले विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुईजनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको बताए।
घरबाट एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किइन् भने एकजनालाई पछि उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ।
ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन्। (रासस)