काठमाडौं– भारतको नयाँ दिल्लीमा ८ वर्ष पहिलेको निर्भया बलात्कार घटनामा अदालतले दोषी ठहर गरेकाहरूलाई माघ ८ गते मृत्युदण्डको सजाय दिइने भएको छ।
अदालतले दोषी ठहर गरेको थियो। पटियाला हाउस अदालतले यी चारै जनालाई निर्धारीत मितिमा मृत्युदण्डको सजाय दिने फैसला गरेको हो। २०१३ मा नै सामूहिक बलात्कारका आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो।
आरोपी मध्येका एक नाबालक थिए, जसलाई बालसुधार गृहमा पठाइएको थियो। ऋार्काे दोषी राम सिंहले भने तिहाड जेलमा नै आत्महत्या गरेका थिए। २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरिसकेको थियो।
को हुन् निर्भया ?
निर्भया, १६ डिसेम्भरमा भारतको राजधानी नयाँ दिल्लीमा राती गुडीरहेको बसमा सामूहिक बलात्कारमा परेकी पीडित हुन्। उनको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले यो नाम राखि दिएको थियो। उक्त गुडीरहेको बस राम सिंहले चलाई रहेका थिए। निर्भया २३ वर्षीय एक मेडिकल विद्यार्थी थिईन, जसलाई सामूहिक बलात्कारपछि अपराधीहरूले सडकमा फालेका थिए।
सामूहिक बलात्कारमा परेकी उनलाई उपचारका लागि सिंगापुर लगीयो। तर अफसोस उनको उपचारको क्रममा २९ डिसेम्बरमा सिंगापुरमा नै मृत्य भयो। त्यसपछि निर्भयाको घटनालाई लिएर न्यायको माग गर्दै दिल्ली लगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो।
भारत सरकारले यो बलात्कार घटनापछि जस्टिस वर्मा समिति गठन गरेर महिला हिंसा विरुद्धको कानूनको समिक्षा र्गयो र सन् २०१३ मा कानून संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्यदण्डको सजायको व्यवस्था र्गयो।