एजेन्सी — गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा परी मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड मच्चिएको छ।
भागदौडका क्रममा ३० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको अन्तर्राष्ट्रि संचार माध्यमले जनाएको छ। देशभरबाट उनको शव यात्रामा मानिसहरू सहभागी भएका थिए। उनको पार्थिव शरीर अन्त्येष्टिका लागि इराकबाट अहवाज, तेहरान हुँदै केरमन लगिँदै थियो।
यसअघि अहवाज र तेहरानमा भएको शव यात्रामा पनि ठूलो संख्यामा मानिसहरू सहभागि भएका थिए।