काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटि)ले गोलरहित बराबरी खेलेका छन्। सोमबार भएको पहिलो खेलमा दुबै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीसँगै जावालाखेलले अपराजित यात्रा भने जारी नै राखेको छ। दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्न अवसर पाएपनि सदुपयोग गर्न सकेनन्।
यस नतिजासँगै जावलाखेलको ५ खेलमा २ जित र ३ बराबरीले ९ अंक भएको छ। एनआरटिले भने ५ खेलमा २ जित, १ बराबर र २ हारसहित ५ अंक जोडेको छ।