काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपाल आउने पक्का भएको छ।
क्रिकेटका हस्तीमध्येका एक मानिने उनले ईपीएल खेल्ने ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जनाएका हुन्। उनी कुन टिमबाट खेल्छन् भन्ने कुरा पक्का भएको छैन। अर्को हप्तासम्म टिम समेत सार्वजनिक हुने बताइएको छ।
हसिमले दक्षिण अफ्रिकाबाट १ सय २४ टेष्ट, १ सय ८१ ओडीआई र ४४ टि ट्वान्टी आई खेलेका छन्। २ सय १५ टेष्ट इनिङमा उनले २८ शतक र ४१ अर्ध शतक सहित कुल ९ हजार २ सय ८२ रन बनाएका छन्। जसमा ३ सय ११ अविजित उनको करियरको उत्कृष्ट प्रदर्शन हो।
उनले १ सय ७८ ओडीआई इनिङमा अमलाले २७ शतक र ३९ अर्ध शतक सहित कुल ८ हजार १ सय १३ रन बनाएका छन्। ४४ टी–२० आईमा अमलाले १२ सय ७७ रन बनाएका छन्। ९७ रन अविजित उनको उत्कृष्ट प्रदर्शन रहेको छ। अमला २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार सबैभन्दा छिटो ओडीआई रन बनाउने खेलाडी हुन्।
उनकाे आगमनले इपीएलमा छुट्टै राैनकता छाउने भएकाे छ। उनीबाहेक अन्य ठूला क्रिकेटरहरूलाइ पनि इपीएलमा भित्र्याउने तयारी भइरहेकाे बताइएकाे छ।