एजेन्सी– गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो।
अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ। हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ। सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन्।
ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन्। प्राध्यापक डिकम्यानले ‘केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको’ प्रतिक्रिया दिएका छन्।
उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए। गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो।