एजेन्सी– इन्डोनेसियाको राजधानी जाकार्तामा वर्षा पछिको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ। जाकार्तामा पछिल्लो २४ बर्ष यताकै ठुलो बर्षा भएपछि त्यसले ठूलो जनधनको क्षति गरेको हो।
वर्षाकाकारण विभिन्न ठाँउमा पहिरो पनिगएको छइन्डोनेसियाको मौसम विभागका अनुसार जाकार्तामा एकै दिनमा ३ सय ७७ मिलिलिटर वर्षा भएको छ। सन् १९९६ यता एक दिनमाभएको यो सबैभन्दा ठूलो वर्षा हो।
एकै दिन १ सय ५० मिलिलिटर भन्दा बढी वर्षा भएमात्यसलाई भीषण वर्षाका रुपमालिने गरिन्छ।इन्डोनेसियामा यसअघि सन २०१३ माबर्षापछिको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। सो समयमा बाढीका कारण ४७जनाको मृत्यु भएको थियो।