एजेन्सी— भारतको २८ औं सेना प्रमुख जनरल मनोज मुकुन्द बनेका छन्। निवर्तमान सेना प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट सन् २०१९ को डिसेम्बर ३१ मा अवकाश पाएपछि मनोज मुकुन्द सेना प्रमुख बनेका हुन्।
भारत स्वतन्त्र भएपछिका उनी २८ औं सेना प्रमुख भएका हुन्। पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए। सन् २०१९ को सेप्टेम्बरमा भारतीय सेनाका उपप्रमुखमा नियुक्त हुनुअघि उनले भारतको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए।
सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी यसअघि पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा खटिएका थिए। उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीक रुपमासमेत काम गरेका थिए।
यससँगै नेसनल डिफेन्स एकेडेमीको ५६ औं कोर्सबाट एयर फोर्स चिफ एयर मार्सल आरकेएस भदौरिया र नेभी चिफ एड्मिरलमा करमबीर सिंह नियुक्त हुने भएका छन्। उनले जनवरी २०२० देखि भारतको १.३ मिलियन सेनाको नेतृत्व गर्नेछन्।