एजेन्सी —शिक्षकको हत्या गरेको आरोपमा अफ्रिकी मुलुक सुडानमा २९ जनालाई मृत्यु दण्डको सजाए दिने भएको छ।
उनीहरुलाई राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा उत्रीएका बेलामा पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो।
शिक्षक हत्याको मुद्दामा सुनवाईका क्रममा भने सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो। राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन चर्केको थियो।