एजेन्सी– दादुराको महामारीबाट समोआमा ८१ जनाले ज्यान गुमाएका छन्। समोआ सरकारका अनुसार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ जनाको निधन भएको हो।
मृत्यु हुनेहरुमा बालबलिका, युवायुवतीलगायत सबै उमेर समुहका मानिसहरु रहेका छन्। मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट५ हजार २ सय १७ व्यक्ति सङ्क्रमित भएका छन्। सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन्। ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ।
बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ। गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ। दादुरा नियन्त्रणका लागि सरकारले मानिसहरुलाई समुहमा भेटघाट गर्नसमेत रोक लगाएको बताइएको छ।