पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत एलिमीनेटर खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा भइरहेको छ। पोखरा रंगशालामा जारी खेलमा बुटवलविरुद्ध विराटनगर पहिले ब्याटिङ गरिरहेको छ।
बुटवलले जारी अवस्थामा ३ ओभरमा बिना कुनै क्षति १७ रन बनाएको छ। प्रदीप एरीको नेतृत्वमा रहेको विराटनगर र सोमपाल कामीको कप्तानीमा रहेको बुटबल पहिलो पटक फाइनल पुग्ने दाउमा छन्।
यसअघि लगातार ५ खेलमा ५ जित जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा रहदै चितवन राईनोजले फाइनल पुगिसकेको छ। प्ले अफ अर्थात एलिमिनेटरमा बुटवल अंकतालिकाको दोस्रो स्थानमा र विराटनगर तेस्रो स्थानमा रहदै पुगेका थिए।