भद्रपुर– झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुस ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ महिला फुटबल प्रतियोगिता तमू ल्होसारकै अवसर पारेर सञ्चालन गरिने भएको हो। यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता झापामा भएको थियो।
पुस १५ गतेसम्म हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी बताएका छन्। प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्ने छन्। अध्यक्ष गुरुङका अनुसार हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको छ।
रासस